मनोरञ्जन

बिन्दूको तीज गीत ‘लगनको सारी’ (भिडियो)

By खबरहब

July 27, 2022

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका  ‘लगनको सारी’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् । गीतमा समसामयिक विषयवस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

सार्वजनिक गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिव्यानी ओलीको शीर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरू पनि यो भिडियोमा अभिनयरत छन् ।

गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् । गीतको भिडियोमा महेश महराको छायांकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियाग्राफी रहेको छ।