फाइल फोटो

ब्रेकिङ स्टोरी

जनार्दन शर्मामाथि छानबिन : संसदीय समितिले पर्सि प्रतिवेदन बुझाउने

By खबरहब

July 27, 2022

काठमाडौँ- बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ ।