तस्बिर : पत्रकार रमेश बज्गाइँ

ब्रेकिङ स्टोरी

बाढीले कर्णाली नदीको बेताल रुप

By खबरहब

July 27, 2022

काठमाडौँ : नेपालको सबैभन्दा लामो नदी हो, कर्णाली नदी । कर्णालीको शिरानबाट बग्ने कर्णाली नदी सुदूरपश्चिमका तराईका जिल्ला हुँदै भारत पुग्ने गर्छ ।

हुम्ला र मुगुबाट बग्न सुरु हुने कर्णाली नदी कर्णाली र सुदूरपश्चिम प्रदेश छुट्याउने प्राकृतिक सिमाना पनि हो । हिउँदमा निलो पानी लिएर बग्ने कर्णाली नदी वर्षामा भने बेताल हुने गरेको छ । हुम्लादेखि कैलालीको कर्णाली चिसापानीसम्म कर्णाली नदी एउटै रुपमा बग्ने गर्छ ।

तर कर्णाली चिसापानी पुलदेखि तलतिर भने कर्णाली नदी बर्दिया र कैलाली भएर बाडिन्छ । वर्षाको बेला नदी बढेपछि कर्णाली चिसापानीभन्दा तल यो नदी कम, ताल जस्तो बढी देखिन्छ ।

यसरी नदी ताल जस्तै हुने कर्णाली भने वर्षामा बाढीका कारण वितण्डा मच्चाउने गरेको छ । लगातारको बाढीले बढेर बेताल रुप लिएको कर्णाली नदीको तस्बिर कैलालीका पत्रकार रमेश बज्गाईले राजकाँडाबाट खिचेका हुन् ।

यसरी समतल जंगलको बीचबाट विभाजन भएर बगिरहेको कर्णाली नदी कैलाली चिसापानीबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्छ ।