फाइल फोटो

राजनीति

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास

By खबरहब

August 27, 2022

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ ।

बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताए । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उनको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रूपन्देही पुगेका थिए ।