क्रिकेट

एसिया कप क्रिकेट : श्रीलंकालाई हराउँदै अफगानिस्तानको सुखद सुरुवात

By खबरहब

August 27, 2022

काठमाडौं– एसिया कप २०२२ क्रिकेटमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शनिबार भएको उद्घाटन खेलमा ५ पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो।

श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तान लागि रहमानउल्लाह गुर्बाजले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९.४ ओभरमा १०५ रन जोड्दै अल आउट भएको थियो ।