तस्वीर- न्युजड्रम

अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता

By खबरहब

September 27, 2022

काठमाडौँ- भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो पुगेका हुन् । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेको भातरीय समाचार संस्था एएनआईले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो पुगेका हुन् । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो ।

चुनाव प्रचार प्रसारको सिलसिलामा नाराको मुख्य चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार हुने बित्तिकै तत्काल अस्पताल लगिएको भएपनि चिकित्सकहरूले उनलाई बचाउन नसकिएको भन्दै मृत घोषणा गरेका थिए ।

कडा सुरक्षाका बीचमा पनि उनको हत्या भएपछि धेरैले आश्चर्य मानेका थिए भने आम नागरिकमा निकै लोकप्रिय नेताका रुपमा चिनिएका आबेको अचानक हत्या भएपछि विश्वभरबाट दुःख व्यक्त भएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको ७६ वर्षको उमेरमा निधन भएको हो ।