खेलकुद

अन्जनको उत्कृष्ट ह्याट्रिकसँगै बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

By खबरहब

September 27, 2022

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरेका हुन् । उनले खेलको १८ औँ मिनेटमा पहिलो गरेका थिए ।

यस्तै अन्जनले खेलको २७ औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए । अन्जनले नै खेलको ३८ औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

खेलको दोस्रो हाफमा बंगलाादेशले एक गोल फर्काएको थियो ।