देश/प्रदेश

काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत

By खबरहब

September 27, 2022

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको हो ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् ।

देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य तथा प्रवक्ता महतलाई संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।