खेलकुद

आयाक्सलाई हराउँदै लिभरपुल नकआउटमा

By खबरहब

October 27, 2022

काठमाडौँ – च्याम्पियन्स लिगमा डच क्लब आयाक्सलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा पुगेको छ।

समूह चरण अन्तर्गत बुधबार राति आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक-एक गोल गरेका थिए।

जितसँगै लिभरपुल ५ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ।

आयाक्स भने ३ अंक जोडेर तेस्रो स्थानमा छ।