सांकेतिक तस्बिर

देश/प्रदेश

प्रजातान्त्रिक योद्धा यादवको निधन

By खबरहब

October 27, 2022

महोत्तरी– नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो ।

पञ्चायती व्यवस्थाका विरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए । पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे । सभापति यादवले र  नेकपा (एमाले)का जिल्ला अध्यक्ष कालीचन्द्र साहले आज शोक विज्ञप्ति नै प्रसारित गरी स्व यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।