देश/प्रदेश

महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी

By खबरहब

October 27, 2022

महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच भएकोझडपले तनावपूर्ण अवस्था सिर्जना भएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार आज बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो ।

दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य छ । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेको थियो ।