क्रिकेट

पाकिस्तानविरुद्ध जिम्बावेको रोमाञ्चक जित

By खबरहब

October 27, 2022

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा जिम्बावेले रोचक जित हात पारेको छ । बिहीबार पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि शन मसुदले ४४ रन बनाए ।

बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । यो जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह २ को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।