सांकेतिक तस्बिर

समाचार

हेटौँडाको एक होटेलमा आगलागी

By खबरहब

October 27, 2022

हेटौँडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिकैको होटेलमा बिहीबार दिउँसो आगलागी भएको छ ।

तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जनाएको छ ।