ब्रेकिङ स्टोरी

गिरिराजमणि पोखरेलाई पराजित गर्दै एमालेका महतो बने सांसद

By खबरहब

November 27, 2022

महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका लझ्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै संघीय सांसदमा विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।