राजनीति

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

By खबरहब

November 27, 2022

सर्लाही – प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

राय ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।

चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४०मत प्राप्त गरे ।