फाइल फोटो ।

राजनीति

सुनसरी ४ मा कांग्रेसका उम्मेदवार कार्कीद्वारा पुनः मतगणनाको माग गर्दै निवेदन

By खबरहब

November 27, 2022

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन् ।

मतगणनामा खटिएका कर्मचारीबाट धाँधली भएको भन्दै कार्कीले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । उनले सुनसरी सदरमुकाम इनरुवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् ।

उनले पेश गरेको निवेदन निर्वाचन आयोगको मुख्यालय काठमाडौँ पठाइएको बताइएको छ ।