राजनीति

केपी ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता प्रकाशमान सिंह

By खबरहब

November 27, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो ।

गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको सन्दर्भमा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने परिस्थिती देखिएका बेला ओली र सिंहबीच भेटवार्ता भएको हो ।

ओली झापा ५ र सिंह काठमाडौँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।