तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

कोभिड प्रतिबन्धविरुद्ध चीनमा विरोध प्रदर्शन

By खबरहब

November 27, 2022

काठमाडौँ- चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा पश्चिमी प्रान्त सिन्जियाङको उरुम्ची सहरका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् ।

उरुम्चीका अधिकारीहरूले प्रतिबन्धहरू हटाउने बाचा गरेको बताइएको छ । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

सार्वजनिक भिडियोमा मास्क लगाएका सर्वसाधारण मानिसहरु अध्यारोमा सरकाविरुद्ध नाराबाजी गरेका देखिन्छन् । पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी सहरमा अगस्टको शुरुदेखि नै प्रतिबन्धहरू लगाइएको छ ।

आगलागीबाट प्रभावित कम्पाउण्डमा बसोबास गर्ने मानिसहरूलाई घरबाहिर निस्कन धेरै हदसम्म रोकिएको घटनापछि एक जना बासिन्दाले गुनासो गरेको बीबीसीले जनाएको छ ।