फाइल फोटो

राजनीति

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

By खबरहब

November 27, 2022

काठमाडौँ- दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गरिने जनाएको हो ।

गत साताको आइतबार सम्पन्न मतदान स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहीत वातावरणमा हुन नसकेको भन्दै आयोगले पुनः मतदान गरिने जनाएको हो ।

आयोगका अनुसार दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठको मतदान केन्द्र ‘क’ र ‘ख’, सोही गाउँपालिका वडा नम्बर ३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, सोही गाउँपालिका वडा नम्बर ६ को वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र तामाकोशी गाउँपालिका वडा नम्बर ३ को जफे हेल्थ पोस्टको मतदान केन्द्र ‘क’ र ‘ख’ गरी १० मतदान केन्द्रमा पुनः मतदान हुने छ ।

यससँगै गत साताको आइतबारको मतदानको रद्द समेत गरिएको आयोगले जनाएको छ । आयोगले ती मतदान केन्द्रमा १५ गतेभित्र पुनः मतदान गरिने आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।