खेलकुद

क्यानडाविरुद्धकाे पहिलो हाफमा क्रोएसियालाई अग्रता

By खबरहब

November 27, 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा अन्तरगत क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा भईरहेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्रोएसियाले २–१ को अग्रता बनाएको छ ।

खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाए पनि क्यानडा त्यसलाई जोगाउन असफल भयो। डेभिसको गोल जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए।

त्यसपछि क्रोयसियाले लगातार दुई गोल गर्दै क्यानडाविरुद्ध अग्रता लिएको हो। मार्को लिभाजाले ४४ औं मिनेटमा क्रोयसियालाई अग्रता दिलाएका हुन्। त्यसअघि ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले बराबरी गोल गरेका थिए।