सांकेतिक तस्बिर

अपराध

मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ

By खबरहब

December 27, 2022

काठमाडौं– सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राजविराज नगरपालिका-११ का शुभनारायण शर्माको को ३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ का २२ वर्षीय सोनु सेखलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

६ पुसको राति शर्माको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।