तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिको जेल सजाय मिनाहा

By खबरहब

December 27, 2022

काठमाडौँ- दक्षिण कोरियामा पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका  अधिकारीको जेल सजाय मिनाहा गरेका हुन् ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा घुसखोरी र अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाहा’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिएका हुन् ।