राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल बस्दै

By खबरहब

January 28, 2022

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।