फाइल फोटो

समाचार

न्याय सेवाको बैठक दिउँसो २ बजे बस्दै

By खबरहब

January 28, 2022

काठमाडौँ – न्याय सेवा आयोगको बैठक बोलाइएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका छन्। लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको छैन ।

कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भएपनि प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक यसअघि प्रभावित भएको हो ।