फुटबल

विश्वकपका लागि इरान छनोट

By खबरहब

January 28, 2022

काठमाडौँ – फिफा फुटबल विश्वकपका लागि इरानले आफ्नो स्थान पक्का गरेको छ ।

चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकप २०२२ मा छनौट भएको हो।

इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।