आर्थिक

घट्यो सुन र चाँदीको मूल्य

By खबरहब

January 28, 2022

काठमाडौँ – सुनको भाउ आज (शुक्रबार) प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।