राजनीति

आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

By खबरहब

January 28, 2022

काठमाडौं– सर्वोच्च अदालतमा रौतहट नरसंहारका मुख्य आरोपी तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उनको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।

२०६४ फागुन २७ गते रौतहटमा बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएको र ती सबैलाई आलमको निर्देशनमा इटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा आलम पुर्पक्षका लागि थुनामा छन् ।