समाचार

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेटवार्ता

By खबरहब

January 28, 2022

काठमाडौं– सत्ता गठवन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

राष्ट्रियसभा निर्वाचनको समीक्षा तथा आगामी चुनावहरुबारे छलफल भएको बताइएको छ ।