समाचार

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ८ सय २७ कोरोना संक्रमित, १० जनाको मृत्यु

By खबरहब

January 28, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ कोभिड संक्रमित थपिएका छन् ।

१९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।