समाचार

काठमाडौँ उपत्यकामा थपिए २९ सय ४० संक्रमित

By खबरहब

January 28, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र २९ सय ४० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा २१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका २० जिल्लामा सक्रिय संक्रमण ५०० भन्दामाथि पुगेको जनाएको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ९ सय ४१ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ८८ हजार ८४ जना होम आइसोलेसनमा छन् । १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा छन् ।

२ सय ५६ जना आईसीयूमा उपचाररत छन् भने ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।