सांकेतिक तस्बिर

समाचार

३०१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 28, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २५६ कोरोना संक्रमितको आईसीयूमा र ४५ को भेन्टिलेटरमा गरी कुल ३०१ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा १० जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १७७ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।