समाचार

जसपाबाट मधेसी जनताले धोका पाइररहेका छन्ः महासेठ

By खबरहब

January 28, 2022

जनकपुरधाम– नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टीले मधेसी जनतालाई धोका दिँदै आएको आरोप लगाएका छन् । शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको कार्यक्रममा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।

उनले मधेसी जनता अब विकल्पको खोजीमा रहेको पनि दाबी गरे । उनले अवैधानिक गठबन्धनको सरकारले जनताको हितमा काम गर्न नसक्नेसमेत बताए ।

महासेठले नेकपा एमालेले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरूका लागि गरेको काम जनताले सदैव स्मरण गरिरहने पनि बताए । कार्यक्रममा नव प्रवेशी नेताहरू शुखदेव यादव, विनोदप्रसाद गुप्तालगायतले जसपाबाट जनता आजित भएको बताएका थिए ।