फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ७ हजार संक्रमित थपिए, ६ हजार निको

By खबरहब

February 28, 2022

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या पछिल्लो साता १० हजार तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९८५ जना थपिएका छन् भने ६ हजार ३७५ जना कोरोनामुक्त भएका छन् । यही अवधिमा ५६ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेभन्दा निको हुनेको संख्या धेरै हुने गरे पनि सक्रिय संक्रमित घट्दै गए पछि निको हुनेको संख्या पनि कम हुँदै गएको हो ।

मृत्यु हुनेको संख्या पनि घटेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या एक लाख १२ हजार छ ।