फाइल फोटो

अन्तर्राष्ट्रिय

आगामी २४ घन्टा युक्रेनका लागि सकस : युक्रेनी राष्ट्रपति

By खबरहब

February 28, 2022

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका हुन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले नेटोको आक्रामक व्यवहारको सतर्कतामा रहन निर्देशन दिएका हुन् ।