तस्वीर- एपी

अन्तर्राष्ट्रिय

युक्रेनबाट पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीमाथि कुटपिट

By खबरहब

February 28, 2022

काठमाडौँ – रुसले युक्रेनमा आक्रमण थालेपछि पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीहरूमाथि कुटपिट भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले विद्यार्थीहरूमाथि निर्घात कुटपिट गरेको देख्न सकिन्छ ।

सीमामा फसेका भारतीय विद्यार्थीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुरक्षाकर्मीले सीमा क्षेत्रमा फसेका भारतीय तथा अफ्रिकीमूलका विद्यार्थीलाई पोल्याण्ड प्रवेश गर्न दिइरहेका छैनन् ।

सुरक्षाकर्मीले हवाई फायर गरी विद्यार्थीलाई युक्रेन फर्काउने प्रयास गरिरहेको जनाइएको छ । यद्यपि कुटपिट गर्ने सुरक्षाकर्मी कुन मुलुकका हुन् भन्ने स्पष्ट नभएको बुझिएको छ ।

युक्रेनमा जारी युद्धबाट ज्यान बचाएर अहिले लाखौँ युक्रेनी र विदेशी नागरिक छिमेकी पोल्याण्ड रोमानिया, हंगेरी, स्लोभाकिया मोल्दोभाजस्ता देशमा शरण लिन पुगिरहेका छन् ।