(तस्वीर स्रोतः एएफपी)

अन्तर्राष्ट्रिय

युरोपमा रुसी मिडियामाथि प्रतिबन्ध

By खबरहब

February 28, 2022

काठमाडौं– रुसले युक्रेनमाथि गरिरहेको सैनिक कारवाहीको विरोधमा रुसविरुद्धको नयाँ प्रतिबन्धहरू घोषणा गर्दा रुसी सरकारी मिडियाहरूको प्रसारणमा रोक लगाउने भएको छ।

रेडियो फ्रि युरोपका अनुसार रुसी सरकारी समर्थक मिडियाहरू रसियन टुडे टेलिभिजन, रुसी सरकारी समाचार एजेन्सी स्पुतनिक लगायत मिडियाहरूले युरोपमा भ्रम सृजना गरिरहेको भन्दै त्यस्तो विकृतिलाई हटाउन प्रतिबन्ध लगाउन लागिएको हो।

युरोपेली संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै औचित्य बिना युक्रेनमा युद्ध गरी युरोपेली देशहरूबीच विभाजन रोप्ने र झुट फैलाउन मिडियाको व्यापक प्रयोग गरिरहेको भन्दै अन्य क्षेत्रमा जस्तै रुसी मिडियाहरूमा समेत प्रतिबन्ध लगाउन लागिएको हो।