(तस्वीर स्रोत: तास समाचार एजेन्सी)

अन्तर्राष्ट्रिय

आक्रमण जारी राखेका रुसी सेनाद्वारा युक्रेनको बेर्डियान्स्क नगर कब्जा

By खबरहब

February 28, 2022

काठमाडौं– युक्रेनमाथि आक्रमण जारी राखेका रुसी सेनाले युक्रेनको दक्षिणको तटीय नगर बेर्डियान्स्क नियन्त्रणमा लिएका छन्।

ब्ल्याक सीको छेउमा रहेको बेर्डियान्स्क नगर गएराति ८ बजेतिर रुसी सैनिकको नियन्त्रणमा पुगेको स्थानीय अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएका छ।

करिब एक लाख जनसंख्या रहेको बेर्डियान्स्कमा युक्रेनी सेनाको नौसैनिक अखडा रहेको थियो। रुसी सेनाले चारदिनदेखी युक्रेनमाथि लगातार आक्रमण गरिरहेपनि अहिलेसम्म कुनैपनि ठूला शहरहरु कब्जा गर्न सकेको छैन।

रुसले युक्रेनमा सैन्य हमलाबाट अपेक्षाकृत नतिजा हाँसील गर्न नसकेको विज्ञहरुले बताउँदै आएका छन्। रुसी आक्रमण असफल बनाउँन युक्रेनमा सैनिकहरूसँगै आम नागरिकहरूले समेत हतियारसहित सडकमा उत्रेका छन्।