तस्वीर केसीएनए

अन्तर्राष्ट्रिय

जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको उत्तर कोरियाको दाबी

By खबरहब

February 28, 2022

काठमाडौँ- उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाए अनुसार आइतबार उक्त क्यामेराको परीक्षण गरिएको हो ।

आइतबार अमेरिकी, जापानी तथा दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्रजस्तो हतियार परीक्षण गरेको जनाएका थिए । सन् २०२२ पहिलो दुई महिनामा मात्रै उत्तर कोरियाको यो आठौँ क्षेप्यास्त्र परीक्षण हो ।

केसीएनएले नयाँ परीक्षणबाट अन्तरिक्षमा आफ्नो जासुसी भू उपग्रह स्थापना गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल भएको दाबी गरेको छ । नयाँ प्रविधिबाट पृथ्वीको कुनै विशेष स्थानको लम्ब र तेर्सो फोटो खिच्न सकिने उत्तर कोरियाली दाबी छ ।

उत्तर कोरियाले यस किसिमको क्यामेराबाट कोरियाली प्रायद्विपको तस्वीर खिचेको दाबी समेत गरेको छ । केसीएनएले सार्वजनिक गरेको तस्वीरमा पृथ्वीजस्तो आकृतिमा कोरियाली प्रायद्विपलाई ठूलो पारेर देखाइएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाले हाइ रिजोलुसनमा तस्बीर सार्वजनिक नगरेका कारण नयाँ प्रविधिको गुणस्तर स्वतन्त्र रुपमा यकिन हुन बाँकी रहेको जनाएका छन् ।

 

तस्वीर केसीएनए