फाइल फोटो

राजनीति

प्रचण्डले भने– ‘अब स्थानीय तहको चुनाव निश्चित भयो’

By खबरहब

February 28, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन अब निश्चित भएको बताएका छन् ।

एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्यौलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेकोमा अब भने निश्चित भएको बताएका हुन् ।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको प्रचण्डको भनाइ छ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।