राजनीति

कर्णाली प्रदेशः नेकपा एमालेबाट प्रदेशसभा अवरुद्ध

By खबरहब

February 28, 2022

काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सोमबार बसेको कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको दशौँ बैठक एमालेले अवरुद्ध गरेको हो ।

गत १८ माघमा सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयनका लागि नभएको भन्दै संसद अवरुद्ध पारिएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको विषयमा लिखित प्रतिबद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बैठकमा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

सत्ता पक्ष र प्रतिपक्षबीच १८ माघमा सहमतिमा १५ लाखभन्दा कम रकम भएका योजना कार्यान्वयन नगर्ने, आगामी दिनमा यही मापदण्डका आधारमा योजना तर्जुमा गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा विगतको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेशसभा सदस्यको भूमिकालाई यथावत् कायम गरी कार्यविधिमा सुधार गरिने, पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्दा गत वर्ष नै दायित्व सिर्जना भइसकेका योजनाहरूको बजेट अलग व्यवस्था गरिनेलगायतका सातबुँदे सहमति गरेका थिए ।