तस्वीर: रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनद्वारा तत्काल ईयूको सदस्यता माग

By खबरहब

February 28, 2022

काठमाडौँ- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन पुनः माग गरेका हुन् ।

नयाँ भिडियो सन्देशमा जेलेन्स्कीले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने बताएका हुन् । रुसले आक्रमण गरेको पाँचौ दिनमा रुससँग लड्नका लागि र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए ।

जेलेन्स्कीले भिडियो सन्देशमा भोका छन्, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।”

अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि जेलिन्स्कीको भनाइ छ । सबै युरोपेली देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेको जेलेन्स्कीको भनाइ छ ।