मुख्य समाचार

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

By खबरहब

February 28, 2022

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् ।

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै उनीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

तनाव बढेपछि वीरेन्द्रनगरमा आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।