फाइल तस्वीर

राजनीति

एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद

By खबरहब

February 28, 2022

काठमाडौँ– सरकारले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध दलहरू, प्रमुख प्रतिपक्ष दल, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सांसद्लगायतलाई धन्यवाद दिएको हो ।

मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारेको छ । बैठकले परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत, चीनलगायत कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतासमेत जनाएको हो ।