समाचार

बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

By खबरहब

February 28, 2022

बाँके– बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीसँगै बानियाँ सम्पर्कविहीन भएका थिए ।