अन्तर्राष्ट्रिय

देश छोड्दै रुसी खेलाडी

By मनोज घिमिरे

March 28, 2022

गत वर्षको ओलम्पिकमा पौडीको ब्याकस्ट्रोकमा अमेरिकाको साखलाई तोड्दै रुसले प्रभाव जमाएको थियो। सोही ओलम्पिकको १ सय र २ सय मिटर दुवै स्पर्धामा रुसमा एगेनी राइलोभले स्वर्ण पदक जितेका थिए। यसैगरी १ सय मिटरमा रजत पदक पनि रुसका क्लेमेन्ट कसेलोभले जितेका थिए। यी दुवैले रुस ओलम्पिक कमिटीको तर्फबाट पदक जितेका हुन्। डोपीङ विवादमा परेको रुसले राष्ट्रिय झन्डा र देशको प्रतिनिधित्वलाई ओलम्पिकमा अवैध गरिएको थियो।

यसै वर्ष हंगेरीको बुढापेस्टमा हुने विश्व पौडी च्याम्पियनसिपमा यी दुवै खेलाडीको सहभागिता रहने छैन। बुढापेस्टको विश्व च्याम्पियनसिपमा यी दुई स्टारसहित आन्द्रेइ मिनाकोभ र ब्रेस्टस्ट्रोकका विश्व कीर्तिमान धारी एन्थोन चोकोभले पनि गुमाउने छन्।

युक्रेनमा रुसले हमला गरे यता त्यस देश माथिको प्रतिबन्ध कायम छ। रुसलाई सो विश्व च्याम्पियनसीपमा प्रतिबन्ध लागे पनि तटस्थ भूमिको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागिताको अवसर दिने निर्णय विश्व पौडी महासङ्घ (फीना)ले यस अघि गरेको थियो। यसै साता त्यस निर्णयमा परिवर्तन गर्दै फिनाले रुस र बेलारुसका खेलाडी र अफिसियल लाई पूर्ण प्रतिबन्धको निर्णय गरेको हो।

यसअघि नै फिनाले रुसको काजानमा घोषित जुनियर विश्व च्याम्पियनसीप त्यहाँ नगर्ने निर्णय गरेको थियो। युक्रेनमाथि रुसी आक्रमणको असर यत्तिमा सीमित भएको छैन। स्टार पौडीबाज राइलोभसंग स्वीम वेयर स्पीडोले प्रायोजन सम्झौता पनि भङ्ग गरेको छ। फिनाले रुस र बेलारुसका पौडीबाजमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नु अगाडि नै राइलोभले तटस्थ भूमिको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरी सकेको थिए।

बारम्बार डोपिङ प्रकरणमा परेका रुसका खेलाडीले यस अगाडि धेरै प्रतियोगितामा देशको झन्डा बिना नै सहभागिता जनाएका थिए। यस पटक भने ती सबै अवसरबाट रुसलाई बञ्चित गरिएको छ।

यो युद्ध रोकिएर अन्तर्राष्ट्रिय निकाय निर्णयमा फिर्ता नभएको अवस्थामा पौडी मात्र होइन अन्य धेरै खेलमा रुसी खेलाडी मर्कामा पर्ने छन्। त्यसो त बारम्बार डोपिङ प्रकरणमा परेका रुसका खेलाडीले यस अगाडि धेरै प्रतियोगितामा देशको झन्डा बिना नै सहभागिता जनाएका थिए। यस पटक भने ती सबै अवसरबाट रुसलाई बञ्चित गरिएको छ।

यो भन्दा धेरे धक्का फिफा तथा युरोपेली फुटबल महासङ्घले रुसमाथि लगाएको प्रतिबन्धका कारण परेको छ। यी दुवै निकायले रुसलाई सबै खाले प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। फिफाको यो निर्णयपछि रुसी फुटबल कप्तान आर्टेम जेयुवाले आफ्नो देशको दोहोरो नीतिको आलोचना गरेका थिए। एका तीर शान्ति चाहने भन्दै अभिव्यक्ति दिने तथा अर्का तर्फ छिमेकी देशलाई आक्रमण गर्ने सरकारको नीति भएकाले आफूहरू मारमा परेको प्रतिक्रिया उनले दिई सकेका छन्।

यो प्रतिबन्धको वर्ष होइन। अर्को वर्ष आयोजना हुने प्रतियोगितामा पनि परेको छ। अर्को वर्ष हुने धेरै खेलको विश्व कप तथा विश्व च्याम्पियनसिपको छनोट चरण नै अहिलेको प्रतिबन्धले प्रभावित पारेको छ। छनोट चरणमा जारी रहँदा लागेको प्रतिबन्धका कारण यदि रुस युद्धबाट फर्किएर अन्तर्राष्ट्रिय निकायले फुकुवा गरे पनि तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउने सम्भावना कमै देखिएको छ।

जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक खेल महोत्सवमा पनि ओलम्पिक कमिटी अफ रसियाले २० स्वर्ण, २८ रजत तथा २३ कास्य पदक जितको थियो। यो पदकसहित रुसी ओलम्पिक कमिटी तालीकाको पाँचौँ स्थानमा थियो।

सन् २०२३ को रग्बी विश्वकप रुसले गुमाउने छ भने यसै वर्ष आयोजना हुने सात शृङ्खला तथा रग्बी सेभेन विश्वकप पनि गुमाउने छ। टेनिसमा भने रुस र बेलारुसका खेलाडीले तटस्थ झन्डामा रहेर खेल खेल्ने छन्। डेभिस कप र बेलेट जियन कप रुसले गुमाउने दुई ठूला टेनिस प्रतियोगिता हुन्। बास्केटबल सङ्घले लगाएको प्रतिबन्धका कारण रुसले थप केही प्रतियोगिता गुमाउने छ।

जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक खेल महोत्सवमा पनि ओलम्पिक कमिटी अफ रसियाले २० स्वर्ण, २८ रजत तथा २३ कास्य पदक जितको थियो। यो पदकसहित रुसी ओलम्पिक कमिटी तालीकाको पाँचौँ स्थानमा थियो।

डोपिङ विवादका कारण ओलम्पिक खेलकुदमा पनि रुसको राष्ट्रिय झन्डाको स्थानमा रुस ओलम्पिक कमिटीको झन्डा र देशको साटो रुसी ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्दै त्यहाँका खेलाडीले सहभागिता जनाएका थिए। युक्रेन आक्रमणपछि यो सम्भावना पनि कम देखिएको छ।

महिलाको हाई जम्पमा स्वर्ण पदक विजेता मारिया लासिट्केनेले पनि यस वर्ष धेरै प्रतियोगिता गुमाउने छिन्। यावत प्रतिबन्धका कारण थुप्रै खेलाडीको खेल जीवन नै जोखिममा परेपछि अहिले रुसका खेलाडी युद्धको विरुद्धमा आवाज उठाउन थालेका छन्। यसै सिजनमा डायनामो किभमा आबद्ध भएको फेडर स्मोलोभले आफ्नो इन्सटाग्राममा ‘नो वार’ भनेर लखे। यसमा अर्का खेलाडी साम केरलेसमेत सहमति जनाए।

आइस हक्कीका राष्ट्रिय खेलाडी निकिता जादारोभले पनि आफ्नो इन्सटाग्राममा ब्ल्याक स्क्वायर राखेका छन्। तीन पटकका विश्व च्याम्पियन तथा एनएचएल खेलाडी एलेक्स ओभेन्चीकले आफ्ना साथी रुसी र युक्रेनी दुवै भएकाले यस युद्धका कारण दुःखी भएको प्रतिक्रिया दिइसकेका छन्।

अहिले प्रतिबन्धको असर फर्मुला वानमा पनि त्यत्तिकै परेको छ। ठूला कम्पनीले रुसी ड्राइभरसँगको सम्झौता भङ्ग गरेका छन्। यस वर्षको रसियन ग्रान्ड प्रीक्स रद्द भएको छ।

युद्ध सुरु हुनु भन्दा अगाडि नै दुई पटककी बायथलन युरोपेली च्याम्पियन लारिसा कुकलीनाले युक्रेन र रुसको दुई झण्डासँगै राखेर फोटो पोस्ट गरेकी थिइन्। टेनिस खेलाडी आन्द्रेइ रुबलेभले पनि ‘नो वार प्लिज’ भन्दै फोटो राखेका थिए।

आफ्नै खेलाडीको यो विरोधका बाबजुद दोस्रो चरणको युद्धको घोषणा गरेपछि रुसका धेरै खेलाडीको करियर यसै युद्धमा कारण सकिन सक्ने देखिन्छ।

अहिले प्रतिबन्धको असर फर्मुला वानमा पनि त्यत्तिकै परेको छ। ठूला कम्पनीले रुसी ड्राइभरसँगको सम्झौता भङ्ग गरेका छन्। यस वर्षको रसियन ग्रान्ड प्रीक्स रद्द भएको छ।

रुसका ड्राइभर निकिता माजेपीनसँग उनको कम्पनी हसाले सम्झौता रद्द गरेको छ। रुसको केमिकल कम्पनी उरालकालीसँगका धेरै सम्झौता अन्य संस्थाले गरिरहेका छन्।

विश्व साइक्लिङ संघले पनि रुस र बेलारुसको राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाए पनि त्यस देशका खेलाडीलाई व्यक्तिगत रूपमा सहभागिताको अवसर दिने भएको छ।

मोटर स्पोर्ट्सको आधिकारिक निकाय ‘एफआइए’ले रुसी खेलाडीलाई स्वतन्त्र रूपमा सहभागीताको अवसर दिने तर देशलाई प्रतिबन्ध लगाउने निर्णय गरे पनि बेलायतले भने रुसका खेलाडीमाथि नै प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सायद अन्य धेरै देशको दबाबका कारण एफआइएले त्यो निर्णयमा पुर्नविचार गर्दै सबै रुसी र बेलारुषी खेलाडीलाई प्रतिबन्ध लगाउन सक्ने सम्भावना कायम नै छ।

विश्व साइक्लिङ संघले पनि रुस र बेलारुसको राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाए पनि त्यस देशका खेलाडीलाई व्यक्तिगत रूपमा सहभागिताको अवसर दिने भएको छ।

भलिबलको विश्व च्याम्पियनसिप अगस्ट र सेप्टेम्बरमा रुसमा नै तय भएको थियो। सो विश्व च्याम्पियनसिप रद्द भएको निर्णय विश्व भलिबल महासङ्घले गरिसकेको छ। रोइङका कुनै पनि खेल स्पर्धामा रुसी तथा बेलारुसी खेलाडीलाई सहभागी हुन नदिने निर्णय भइसकेको छ।

आर्चरी महासंघले आफू मातहतका सबै स्थानमा रुसी र बेलारुसी झन्डालाई हटाउने निर्णय गरिसकेको छ। विश्व आर्चरी महासङ्घले बोर्ड सदस्य रहेका रुसका भ्लाडिमिर एसेभको मताधिकार कटौती गरिसकेको छ ।

रुसी फुटबल टोली। तस्बिरः तास डटकम

विश्व ब्याडमिन्टन महासङ्घले रुस र बेलारुसका कुनै पनि खेलाडीलाई सहभागिताबाट प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्यानोइ महासङ्घले यस वर्ष रुसमा हुने भनिएका तीन प्रतियोगितालाई स्थगन गरिसकेको छ।

यसैबीच युक्रेन हमलाको असरकै कारण एक साइक्लिङ खेलाडीले देश परिवर्तन गरेका छन्। युक्रेनमाथि भएको हमलाको विरुद्धमा रहेका रुसी खेलाडी पाभेल सिभाकोभ फ्रेन्च बनेका छन्। उनले यसपछिका दिनमा फ्रान्सको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन्। खेल राष्ट्रियता परिवर्तनको उनको यो निर्णयमा विश्व साइक्लिङ महासङ्घले सहमति जनाइसकेको छ।

सन् १९८० र १९८४ का दुई ओलम्पिक सित युद्धले प्रभावित थियो। १९८० को मस्को ओलम्पिक अमेरिकी ब्लक तथा त्यस पछिको लस एन्जलस ओलम्पिक सोभियत ब्लकले बहिस्कार गरेका कारण धेरैको करियरमा ठूलो असर गरेको थियो। यस पटकको रुसको युक्रेन माथिको आक्रमणका कारण धेरै रुसी खेलाडीको करिअर नै सङ्कटमा परेको छ। एजेन्सीको सहयोगमा