तस्वीर- युक्रेनी राष्ट्रपतिको कार्यालय

अन्तर्राष्ट्रिय

तटस्थ हैसियतबारे छलफल गर्न हामी तयार छौं: राष्ट्रपति जेलेन्स्की

By खबरहब

March 28, 2022

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन्।

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाइ छ।

स्वतन्त्र रुसी पत्रकारसँगको अन्तवार्तामा उनले सो भनाइ राखेका हुन्। अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए।

युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ। यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए।

यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन्।