फाइल तस्बिर

समाचार

प्रहरीका ४ सय ८८ सईलाई वरिष्ठ सईमा बढुवा सिफारिस

By खबरहब

March 28, 2022

काठमाडौँ– नेपाल प्रहरीले ४ सय ८८ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले चौथो सूची निकालेर ४ सय ८८ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

यसअघि, शनिबार ३२२ जना, शुक्रबार १७० जना र बिहीबार १९१ जनालाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको थियो ।

प्रहरी नियमावलीमा भएको दशौँ संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि नयाँ सृजना भएको वरिष्ठ नायक निरीक्षक पदमा चरणबद्ध रूपमा बढुवा सिफारिस गर्न थालिएको हो ।

यो पदमा कुल १ हजार १ सय ९१ जना बढुवा हुने छन् ।