फाइल फोटो

आर्थिक

चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

March 28, 2022

काठमाडौँ- सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।