तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेन कोरियाली बाटोमा ? रुसले देश विभाजन गर्न खोजेको युक्रेनी आरोप

By खबरहब

March 28, 2022

काठमाडौं– रुसले युक्रेनलाई विभाजन गरी कोरियाजस्तै बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर प्रमुखले बताएका छन् । युक्रेनी सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राजधानी किभ कब्जा गर्न असफल भएपछि रुस युक्रेनलाई विभाजन गर्ने प्रयासमा लागेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी र पूर्वी भागलाई बाँकी युक्रेनबाट विभाजित गरी सीमांकनको प्रयास गर्ने उनको भनाइ छ ।

पूरै युक्रेनलाई कब्जामा लिन असफल भएका कारण पुटिनले यस्तो नीति अपनाउने उनले बताए ।

उनका अनुसार रुसले युक्रेनमा यस्तो नीति लिएको खण्डमा रुसद्वारा स्थापित ‘छद्म राज्य’ धेरै लामो समयसम्म टिक्न भने असम्भव हुनेछ । स्थानीय जनताले छापामार युद्ध लडेर यसरी जबरजस्ती गठन गरिएको राज्यको प्रतिरोध गर्ने उनको भनाइ छ ।