राजनीति

निर्वाचनमा एक्लै जान पनि तयार छौँ : प्रचण्ड

By खबरहब

March 28, 2022

दाङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।